३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संसदमा महिला फोटोपत्रकारलाई पुरुष शौचालय जान भनेपछि…




काठमाडौं
१९ माघ । व्यवस्थापिका संसदमा महिला फोटोपत्रकारलाई पुरुष शौचालय प्रयोग गर्न बाध्य बनाइएको पाइएको छ ।
देश सञ्चार अनलाइनकी फोटापत्रकार बर्षा शाहलाई मर्यादापालकले व्यवस्थापिका संसदको महिला शौचालय प्रयोग गर्न निषेध गरेका छन् । उनलाई पुरुष शौचालय प्रयोग गर्न बाध्य बनाएर दुव्यावहार गरेको घटना सार्वजनिक भएको छ ।
संघीय संसदको बैठकका क्रममा तस्बिर संकलन तथा सम्प्रेषणका लागि पुगेका यस फोटो पत्रकार क्लबका कार्यसमिति सदस्य तथा देशसञ्चार अनलाइनमा कार्यरत फोटोपत्रकार वर्षा शाह माथि सुरक्षाका लागि खटिएका मर्यादापालक द्वारा गरीएको दुर्व्यवहार गरेको भन्दै फोटोपत्रकार क्लवले विरोध गरेको छ ।


संसदीय लोकतन्त्र, विधिको शासन र संसदीय मूल्यमान्यताको अभ्यास हुने गरिमामय संसदमा सञ्चारकर्मी माथि भएको दुर्व्यवहारको फोटो पत्रकार क्लव घोर भत्सर्ना गर्दै सार्वजनिक सरोकारहरुका विषयमा बहस र छलफल हुने संसदमा तस्बिर÷समाचार संकलनका क्रममा सुरक्षाकर्मी प्रयोगगरी पटक पटक हुने सञ्चारकर्मी माथिको अवरोध र दुर्व्यवहारले संघीय संसदको नेतृत्व समस्या समाधान गर्न गम्भीर नरहेको प्रष्ट भएको क्लवले बताएको छ ।
माथिल्लो तहको आदेशका नाममा हुने यस्ता गम्भीर किसिमका घटनाहरु दोहोरिन नदिन फोटो पत्रकार क्लव सचिवालयलाई ध्यानाकर्षण गराउदै भनेको छ,‘यो गम्भिर विषय हो ।’

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।