
अर्जुनधरा
२२ माघ । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट शनिबार एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा ८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । श्रीमतीको हत्या गरेसँगै शव घर नजिकैको खाल्डोमा पुरेर राखेको र शनिबार स्थानीयवासीले देखेसँगै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
उदयपुरको साविक रामपुर २ घर भएका उनी केही समयदेखि अर्जुनधारा बसोबास गर्दै आएका थिए ।








प्रतिक्रिया