२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मध्यरातमा आगलागीपछि जलेर बालिकाको मृत्यु



प्रतिकात्मक तस्बिर

जुम्ला
२४ माघ । जुम्लाको चन्दननाथ नगरपालिका १ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्दननाथ १ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिएका छन् ।
आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । आगलागीबाट लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।