५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डाक्टर कुट्ने प्रहरी हवल्दार निलम्बित



काठमाडौं, २८ माघ । राष्ट्रपतिको सवारीको समयमा निस्केको भन्दै ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ।
शुक्रबार ट्रमा सेन्टरमा कार्यरत चिकित्सक जनिथ सिंहमाथि लाठीचार्ज र कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार सम्भुजंग गुरुङलाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।
आवश्यक कारबाहीका लागि उनलाई निलम्बन गरिएको रिजालले बताए। घाइते डाक्टर सिंहको ट्रमा सेन्टरको आइसीयूमा उपचार भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा सिंह घाइते भएका थिए।

शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा सिंहमाथि लाठी चार्ज गर्दा उनी गम्भीर घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।