२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुलीमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



सिन्धुली, १ फागुन । सिन्धुलीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत मरिण गाउँपालिका–७ महेश्वता क्याम्पस चोक नजिकैको नङगेडी पुलनजिकै रोकी राखिएको ना ३ त १६० नम्बरको ट्र्याक्टरसँग बा ५८प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
दुर्घटनामा मरिण गाउँपालिका–४ का ३३ वर्षका जितेन्द्र माझी र त्यही ठाउँका ३२ वर्षका मेषबहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।