
काठमाडौं
२ फागुन
आज फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । संसारभर आज आफ्नो जीवन सफल बनाउन प्रेमिकालाई प्रेम प्रस्ताव गर्ने दिनका रुपमा परिचित छ ।
पश्चिमा संस्कृती भए पनि नेपाली समाजमा भ्यालेन्टाइन डेको प्रभाव बढ्दो छ । राजधानीलगायत देशभरका मुख्यशहरमा प्रेमको प्रतिकको रुपमा लिइने रातो गुलाफको कारोबार तब्रि गतिमा बढेको छ । युवा युवतीहरु मायाँ गर्ने मान्छेलाई रातो गुलाफ दिएर प्रेम व्यक्त गर्छन् ।

पछिल्लो समय राजधानीका मल,विभिन्न उपहार पसल र फूल पसल सझाइएका छन् । भ्यालेन्टाइन डेलाई लक्षित गरेर सझाइएका यी पसलहरुमा तस्विर खिच्ने र किनमिल गर्ने युवा युवतीहरुको बाहुल्य छ ।
प्रेम दिवस चकलेट डे, रोज डे, हक डेजस्ता छुट्टा छुट्टै विषेशताका साथ मनाइने हुँदा पनि यसको रौनक बढेको छ ।









प्रतिक्रिया