१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उड्न लागेको सौर्य एयरलाइन्सको विमान रोकियो



काठमाडौं, ९ फागुन । विराटनगर उड्न लागेकाे साैर्य एयरलाइन्सको विमान फिर्ता आएको छ । एसएयू ७२१ नम्बरको विमान विराटनगर उड्न त्रिभुवन विमानस्थलकाे धावनमार्ग नजिकै पुगेर फर्किएकाे हाे।
उक्त विमान यात्रुहरूकाे बोर्डिङ पुरा गरेर धावनमार्ग नजिकै पुगेको थियो । तर अचानक इण्डिकेटरमा समस्या देखिएपछि विमानलाई उड्नबाट राेकिएकाे थियाे ।
त्यसपछि सौर्यको विमानलाई पार्किङ–वेमा फर्काइएकाे थियाे । हालसम्म विमानमा देखिएकाे खास समस्याबारे पुरै खुलिसकेकाे छैन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।