१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार



काठमाडौं, ९ फागुन । जलनमा परेर घाइते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उपचारका लागि मुम्बई लगिएकोमा भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ ।
बिहान ११ बजे डा. मुकेश मिश्रा र डा. अमोल मात्रेले दिएको जानकारी अनुसार अब भेन्टिलेटरबाट हटाएर अक्सिजनको सहयोगमा उपचार सुरु भएको छ ।
भण्डारीको सुन्निएको अनुहार पुरानो अवस्थामा फर्किएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।