१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एक महिला गण्डक नहरमा दुई वालकसहित हाम फलेर बेपत्ता




नवलपरासी
९ फागुन । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता भएकी छिन् ।
जिल्लाको सुस्ता गाउँपालिका २ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै नाबालकको अवस्था अज्ञात छ । आज दिउँसो करिब २ बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश र सात वर्षीय सुमितसहित नहरमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार प्रहरीचौकी कुडिया, इलाका प्रहरी कार्यालय बेलाटारी र स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ ।
हाम फालेर बेपत्ता भएकी महिलाका श्रीमान् हाल रोजगारीका सिलसिलामा भारतमा रहेका छन् । घरमा सासूसँगै बस्दै आएकी प्रतिमाले नहरमा हामफाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।