५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार



काठमाडौं, १० फागुन । ग्यास लिकपछि भएको आगलागीबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ। मुम्बईको नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका उनको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आइरहेको हो।

उनलाई अहिले बिहान मुखबाटै खाना खुवाइएको भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए।
कँडेलले सामाजिक संजालमा भण्डारीको तस्वीरसमत सार्वजानिक गरेका छन्। उनले भण्डारी सकुशल र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कम्तिमा २१ दिन सम्म ग्रराफ्टिंगको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यस पश्चात मात्र भेटघाट गर्न दिने बताए।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।