३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारबाट बाहिरिने राप्रपाको निर्णय



काठमाडौं, १३ फागुुन । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।
प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ ।’
राप्रपाले प्रदेश सरकारहरुलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। र, प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय लिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।