२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुद्धनगर ग्यास विस्पोटमा परेर घाइते कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार




काठमाडौं
१३ फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।
भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहनुभएका नेता डा भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए । डा भण्डारीको आज ड्रेसिङ गरिने भएको छ । शुक्रबारबाट ठोस खाना खान सुरु गरेका डा भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको मीनप्रसादले बताए । उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।