३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बसको ठक्करबाट पत्रकार हितंगाको निधन



काठमाडौं, १४ फागुन । सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।
शनिबार राति मोटरसाइकललाई बसले ठक्कर दिँदा त्यसमा सवार हितंगा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार उनलाई राति करिब सवा ११ बजे सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको बसले बसपार्क नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।