३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिका उम्मेदवारविरुद्ध परेन कुनै उजुरी



काठमाडौं, १४ फागुन । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन आयोगले बताएको छ।

शनिबार मात्र राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङको उम्मेदवारी परेको थियो। उक्त उम्मेदवारीविरुद्ध आइतबार बिहान १० बजेदेखि २ बजेसम्म उजुरी गर्ने समय निर्वाचन आयोगले उपलब्ध गराएको थियो। तर उक्त समयमा उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

‘राष्ट्रपति निर्वाचन २०७९ को लागि निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार बिहान १० बजेदेखि १४ बजे सम्म राष्ट्रपति पदमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विरोधमा उजुरी दिने समय तोकिएकोमा सो समयभित्र कुनै पनि उजुरी नपरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।