
काठमाडौं
१४ फागुन । एन्जल लर्ड एकेडेमी हाइ स्कुल कोटेश्वरको आयोजनामा दुई दिने विज्ञान तथा प्रविधी प्रदर्शनी सम्पन्न भएको छ ।
सो कार्यक्रम काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम कुमार राइले उद्घाटन गरेका थिए । एकेडेमीका विद्यार्थीहरुले बनाएका विज्ञान र प्रविधि सम्बन्धी सामग्री तथा उपकरणहरु सो प्रदर्शनीमा राखिएका थिए । प्रर्दशनी शुक्रबार र शनिबार आयोजना भएको हो ।
प्रदर्शनीमा अपेक्षाभन्दा बढी सहभागी देखिएको एकेडेमीका प्रअ टंक लिम्बुले बताए । प्रधानाध्यापक लिम्बुले हजारौ बढी शिक्षक, अभिभावक र विद्यार्थीहरुले प्रदर्शनीमा अवलोकन गरेको बताए ।
एकेडेमीका संचालक राजकुमार दोङ तामाङले विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रदर्शनीहरुसँगै लोप हुँदै गएको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक सामाग्रीहरुको प्रदर्शनीले विद्यार्थीहरुमा विगतका मौलिक जनजीवन र त्यससँग सम्बन्धित ज्ञान प्राप्त गरेको बताए ।
‘यसले आगामी वर्षहरुमा अझ नयाँ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सृजनशीलतालाई अझै प्रोत्साहन गर्न हामीलाई अभिप्रेरित गरेको छ ’ संचालक दोङले बताए ।
सो प्रदर्शनीमा रोवर्ट सम्बन्धि उपकरण, होम सेक्युरिटी प्रणाली, भुकम्पिय सुचक, पानीको सतह मापन यन्त्र, विद्युत सम्बन्धि स्वचालित अटो मोबाईल सम्बन्धी उपकरण,ह्युमान्वाइड रोबट, स्मार्ट सिटिका नमुना, लघु जलविधुतबाट विद्युत उत्पादनको नमुना प्रदर्शनीको साथमा विद्यार्थीहरुको नृत्य, गायन, विभिन्न खानाका परिकारहरु, नेपाली लोक बाजागाजाहरुमा प्रयोग हुने लोक अर्केष्ट्रा र जातजातिका भेषभुषा समेत प्रदर्शनी गरिएको थियो ।
विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको प्रदर्शनी स्थलमा १ सय भन्दा बढी विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरु र फुड स्टल रहेका थिए । प्रदर्शनी कक्षमा २ देखि १० कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
१४ फाल्गुन २०७९, आइतबार
36
Shares







प्रतिक्रिया