३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोसाइँकुण्डमा हिमपात



रसुवाको गोसाइकुण्ड क्षेत्र । फाइल तस्विर : ललितपुर खबर

रसुवा
१५ फागुन । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ हाकुमाथीको डाडालगायतका क्षेत्रमा हिमपात भएको हो ।
प्रत्येक वर्ष मङ्सिरको अन्तिम सातादेखि नै सेतै हुने लौरी विनायक क्षेत्र यस वर्ष भने आज मध्यानदेखि मात्र सेतै भएको छ । आज परेको हिउँ अत्यन्तै पातलो भएका कारण चाँडै विलय हुने स्थानीय बासिन्दाले आँकलन गरेका हुन् । बेसीँ भागमा खासै पानी नपरेको स्थानीय किसानले जनाएका छन् । समयमा पानी नपरेको कारण गहुँ तथा जौजस्ता हिउँदे बालीमा नकारात्मक असर परेको यार्साका रामकाजी तामाङले बताए ।
दक्षिणी भेकको बनुवा, पहिरेबेँसी, कुडुले जिबजिबेको फाँटजस्ता सीञ्चित क्षेत्रको जमिनमा रोपिएको आलु तथा तोरी किसानले भित्र्याउन थाली सकेको जीवजीवे क्षेत्रका समाजसेवी चीरञ्जीवी पौडेलले जानकारी दिए ।
उत्तरी रसुवामा लगाइने वर्षे आलु भने रोप्ने कार्य धमाधम अगाडि बढेको छ । स्थानीय किसानका अनुसार लेकाली जमिनमा कृषि उपज तयार हुन लामो समय लाग्ने र जमिनमा चिसोपन नभए पनि छिट्टै वर्षा होला भन्ने अपेक्षाका साथ कृषि कार्य अगाडि बढाइएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।