५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुर्घटनामा बालकको मृत्यु



नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका ४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी ४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।