१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुर्वमन्त्री ज्वाला साहले भनिन्,‘प्रचण्ड महाभारतको दुर्योधनजस्तै कुलंघार’




काठमाडौं
नेकपा (एमाले) की नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहालमुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख र सास्ती पाईरहने आरोप लगाएकी छिन् । उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञा समेत दिईन् ।
आज मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ साहले प्रचण्डप्रति आक्रोश पोख्दै भनिन्–‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषीले भनेका थिए–यो कुलंघार हो । यो रहुञ्जेलसम्म यसले परिवार पनिनाश गर्छ । देशलाई पनिनाश बनाउँछ । जनतालाई पनिनाश बनाउँछ । यसले पूरै देशलाई स्वाह बनाउँछ भनेको थियो । मलाई त त्यस्तो लागिरहेको छ कि, अहिले जुनखालको अनुभुतिले देखाएको छ–जबसम्म प्रचण्ड नेतृत्वमा रहनुहुन्छ जनताका सपना, घाईते, योद्धा, जनयुद्धमा १७ हजारले सहादत प्राप्त गरेको छ । सबैको सपनामा चोट पुग्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजको संज्ञा पनि दिईन् । उनले भनिन्–‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ । अब प्रचण्डसँगहाम्रो सहकार्य हुँदैन् । हामीहिजोपनिएक्लै चुनाव लडेको हो । देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ ।’
हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएकी साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको बताइन् । उनले भनिन्–‘अब त उहाँको बुद्धि पलाउलाभनेको त, प्रचण्डमा त्यस्तो देखिएन । सहिदकासपना पूरा होलानभनेको त उहाँ व्यक्तिगत स्वार्थ र काममा लाग्नुभयो ।’
उनले एमालेको सचिवालय बैठकबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय भएपछि आफूहरु हिजै सरकारबाट बाहिरिएको स्पष्ट पारिन् । उनले थपिन्–‘हामी सेवकको भूमिका निर्वाह गर्छौं । प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौं । नीतिगत रुपमा आफ्ना कुरा राखेर अघि बढ्छौं ।’
उनले आफ्नो पार्टीले राष्ट्रपतिमा अघि सारेको सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित् रहेको दाबी गरिन् । उनले भनिन्–‘उहाँको व्यक्तित्वर क्षमताको हिसाबले, बोली, व्यवहार अनिवचन राम्रो छ । राष्ट्रपतिको भूमिकामा उहाँ सफल हुनुहुनेछ । हामीउहाँलाई सफल बनाउने प्रक्रियामा लागेका छौं । उहाँको जित सुनिश्चित् छ ।’ उनलेएमालेसहितको गठबन्धन तोडिनुमा प्रधानमन्त्रीप्रचण्ड नै मुख्य दोषीभएको दाबीगरिन् । उनले भनिन्–‘प्रचण्डले आफ्नो खुट्टा दरो नटेकेको कारण देश दुर्घटनामा जानलागेको आभास हुँदैछ ।’

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : ५६ बजे