३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा




पोखरा
कास्कीको पोखरा महानगरपालिका ६ स्थित फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिरको पुनःनिर्माणका लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ ।
भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर व्यवस्थापन समिति मन्दिरको पुनःनिर्माणमा जुटेको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिएका छन् ।
यही फागुन १७ गतेदेखि मन्दिरमा स्थापित प्रतिमूर्तिमा भक्तजनले पूर्जा अर्चना गर्ने र नित्य पूजा मन्दिरका पुजारीले देवीको म्ूर्तिमा गर्ने उनले बताए ।
मन्दिर पुनःनिर्माणका लागि करिब रु एक करोड ४५ लाख लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष जुना अधिकारीले जानकारी दिए । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट रु २५ लाख सहयोगको आश्वासन आएको उनी बताउछन् ।
प्रदेश, स्थानीय सरकारसहित भक्तजनको सहयोगमा कलात्मक ढाँचामा मन्दिर निर्माण गर्ने योजना छ । फागुन अन्तिम हप्ता वडा भेला गर्ने र चैत पहिलो हप्तादेखि मन्दिर पुनःनिर्माण थालिने समितिले जनाएको छ । मन्दिर पोखराको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।