२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम




काठमाडौं
राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो ।
राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि नेताहरू पौडेल र नेम्वाङको उम्मेदवारी रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।