२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस एमाले दुवै प्रतिपक्षको बेञ्चमा बस्ने खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित




काठमाडौं
आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । काँग्रेस एमाले दुवै प्रतिपक्षको बेञ्चमा बस्न खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि स्थगित गरेको हो ।
संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको छ ।”
अब राष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने छ । नेपाली काँग्रेस राष्ट्रपति निर्वाचनअघि सरकारमा नजाने र संसदमा प्रतिपक्षमा बस्ने भएपछि संसद बैठक सञ्चालनमा अप्ठ्यारो भएको थियो ।
यही फागुन २५ गते राष्ट्रपति पदको र आगमी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हँुदैछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।