२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव



काठमाडौं

प्रदेश १ ले आज नाम पाउने भएको छ । पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज हुने भएको हो ।

आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाईएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले नामरण सम्बन्धि प्रस्ताव पेश भई निर्णय हुने कार्यसूची रहेको बताए।

उनका अनुसार नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश १ को नामकरणका लागि प्रदेशसभा नियमावली २०७४ को नियम ५८ (ख) बमोजिम प्रस्ताव पेश भई निर्णय हुने कार्यसूची छ।

जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ । दुवै दलले त्यसमा सहमति जुटाउनका लागि साना दलहरुसँग प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।