
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ मा बर्षौ पुरानो बाटो टोल सुधार समितिले बन्द गरि दिएको छ । समिति सदस्यहरु टिकाराम महतो (ए), टिकाराम महतो(बि), बालकुमारी महतो, कुसुम महतो र शिब कुमारी महतोले बाटो बन्द गरिदिएका हुन् ।
केहि दिन पहिलेसुधार समितिले बोलाएको बैठकले समिति गठन गरि बर्षौ पुरानो बाटो बन्द गरिदिंदा बाटोबाट हिडडुल गर्ने स्थानीय ७ घरको बिचल्ली भएको छ ।
समितिले एकतर्फी नापी ल्याई सधियारलाई खबर नगरी नापी गरेको थियो । नापी गर्दा सार्वजनिक जग्गामा बाटो रहेको भन्दै बाटो दिन नसकिने भन्दै बाटो बन्द गरिएको स्थानीय एक पीडितले बताएका हुन् । पीडितका अनुसार बिगत २०५४ सालदेखि गाउँलेले बिभिन्न बहानामा दुख दिने गरेको बताएका छन् ।
पिडित परिवारले बाटो माग्दा समेत कुनै सुनुवाई नगरी जबर्जस्ति बाटो बन्द गर्ने काम गरेको उनी बताउछन् । हामीले बर्षौदेखि प्रयोग गर्दै आइरहेको बाटो बन्द हुँदा आवतजावतमा समस्या पर्नुको साथै पधेरोमा पानी लिन जान समेत सकिएको छैन पिडित परिवारले बताएका छन् ।
बाटो नदिनु गैरजिम्मेवारीपन भएको सरोकारवाला बताउने गरेका छन् । सरोकारवाला निकायले समितिले त्यस्तो गरे समितिमा रहेका मानिसहरुलाई हदैसम्मको कारवाही गर्ने बताएको छ ।
निर्माण समिति टिकाराम महतो (ए) पुर्व वडा समिति सदस्य विजयी जनप्रतिनिधि हुन् ।







प्रतिक्रिया