२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अव प्रदेश नं १ को नाम ‘कोशी’




प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो ।
नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो ।
मत विभाजनका आधारमा प्रदेशको नाम टुङ्गो लगाउँदा कोशी प्रदेशको पक्षमा ८२ मत र विपक्षमा चार मत परेको सभामुख बाबुराम गौतमले जानकारी दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा सदस्य कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गरका थिए । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारको उक्त संशोधन प्रस्ताव टेबल गरेपछि ध्वनी बहुमतले अस्वीकृत भएको थियो ।
कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले दिएका थिए । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सभामुख गौतमले सभालाई जानकारी दिए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।