ललितखबर
२१ फागुन । गोदावरी खोला सरसफाई अभियान चलेको चार बर्षभन्दा धेरै भयो । हरेक शनिबार अभियन्ताहरु भ्याइ नभ्याइ गरेर फोहोर टिप्न गोदावरी खोलामा पुग्छन् ।
अघिल्लो हप्ता फोहोर टिपेकै ठाँउमा फेरि उस्तै फोहोर देखिन्छ । अभियन्ताहरु फेरि फोहोर टिप्छन् । लामो समयदेखि यो क्रम निरन्तर चलिरहेको छ ।
सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारी आफूहरुले गोदावरी खोलाको फोहोर टिप्दा टिप्दा हैरान भएको बताउछन् । भन्छिन्, ‘अघिल्लो पल्ट टिपेकै ठाँउमा फेरि उस्तै फोहोर देख्दा चित्त दुखेर आउँछ ।’
अभियन्ताहरु सधै फोहोर टिप्ने स्थानीयले सधै फ्याक्ने क्रम नरोकिएपछि पछिल्लो समय आफूहरुले जनचेतना अभियान सुरु गरेको राजभण्डारी बताउछिन् । उनले भनिन्, हामीले शनिबार थोरै फोहोर टिप्यौं । व्यानर र प्लेकार्ड बोकेर विशंखु नारायण क्षेत्रमा जनचेतना अभियान चलायौं ।
किन हुन्छ सधैं नदि फोहोर
गोदावरीका सबै ठाँउमा फोहोर फ्याक्न गाडी पुग्दैन । धेरै ठाँउमा सडकको राम्रो सुविधा नहुँदा गाडी नपुगेको हो । कतिपय ठाँउमा सानो बस्ती हुँदा पनि फोहोर लैजाने गाडी पुग्दैन । यहाँका स्थानीयले आफ्नो घर पसलमा निस्केको फोहोर नदि र जंगलमा फ्याक्ने गरेका छन् ।
अभियन्ता राजभण्डारी नदि किनारामा स्थानीयले फोहोर फ्याक्न शुल्क तिरेर कार्ड नबनाएका कारण फोहोर बढेको बताउछन् । भन्छिन्, ‘धेरैले फोहोर फ्याक्न पैसा तिर्न चाहदैनन् । त्यसैले पनि फोहोर बढेको छ ।’
नदि निरन्तर फोहोर भइरहने र आफूहरु टिपिरहने क्रम रोक्न सरोकारवाला साक्षात्कार, अन्तर्कृया, त्यसपछि पनि भएन भने दबाबमुलक कार्यक्रम र सार्बजनिक सुनुवाइ सुरु गर्ने योजनामा रहेको राजधण्डारी बताउछिन् ।
गोदावरी नगरपालिकाको छैन भूमिका
गोदावरी,नख्खु र ग्वालिन्दह नदि निरन्तर फोहोर भइरहे पनि गोदावरी नगरपालिकाले कुनै चासो देखाएको छैन । अभियन्ताले बषैंसम्म नदि सरसफाई गरिरहे पनि उनीहरुको समस्या बुझ्ने, फोहोर फ्याक्न भइरहेको समस्या समाधानका लागि छलपष्mल चलाउने समेत गरेको छैन । आफूहरुले पञ्जालगायत सरसफाईका केही सामाग्री बाहेक नगरपालिकाबाट कुनै सहयोग नपाएको अभियन्ता राजभण्डारी बताउछिन् । उनी भन्छिन्, ‘नगरपालिकालाई हाम्रो कुरा सुन्ने फुर्सद नै छैन ।’
प्रतिक्रिया