२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्री शाहले पाए विश्वासको मत



काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । ५३ सदस्यीय प्रदेश सभामा ५२ सदस्य उपस्थित थिए । मुख्यमन्त्री शाहले ४१ मत पाउनुभएको छ भने विपक्षमा ११ मत खसेको छ । शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा ९३० बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्री बनेका हुन् ।

शाहलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)का सांसदले विश्वासको मत दिएका छन् ।मुख्यमन्त्री शाहलाई नेकपा (एमाले) र राप्रपाले विश्वासको मत नदिएको हो ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।