काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरनले दिएको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
दाहालले २०७३ माघ १ गते टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
यसअघि कानून व्यवसायीले दायर गरेको उक्त रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो ।
दरपीठ आदेश बदर भएसँगै मंगलबार अदालतमा प्रचण्डविरुद्ध रिट दर्ता भएको छ । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।








प्रतिक्रिया