२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित



काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै निर्वाचित बनेका हुन् । उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका हुन् ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार प्राप्त गरेका छन् । उनले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाएका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।