काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपति उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयले रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने जनाएको हो ।
महिला उम्मेदवार नै हुनुपर्ने दाबी गर्दै उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए ।
तर संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै आयोगले यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने जनाएको हो । यसअघि यादवले आज विहान निर्वाचन कार्यालय पुगेर आफ्नो सफाइ पेश गरेका थिए ।
यादवले सफाइमा आफ्नो उम्मेदवारी संविधान र कानुनसम्मत भएको उनको दाबी थियो । उपराष्ट्रपतिको चुनावी कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली अपरान्ह पाँच बजे प्रकाशन हुँदैछ ।
उपराष्ट्रपतिमा शनिबार चार जनाले मनोनयन गर्दा गरेका छनु । जसपाबाट यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ भने एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छिन् । जनमतकी ममता झाको पनि उम्मेदवारी दर्ता भएको छ ।
उपराष्ट्रपति चयनका लागि ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० गरी कुल ८८४ मतदाता रहेका छन । संघीय संसद्का प्रति सदस्यको ७९ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ४८ मतभारका दरले २६ हजार ३८६ गरी कुल ५२ हजार ७८६ मतभार कायम हुनेछ ।








प्रतिक्रिया