काठमाडौं, २९ फागुन । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।
सांसद प्रमिलाले पार्टीकै नेता रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी हुन् । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ ।
सांसद प्रमिलाले भनेकी छन्, ‘‘गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुभएका पूर्वमन्त्री जसपा, नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरङ्कुश शासन प्रणालीका विरुद्ध लोकतन्त्र स्थापनका लागि त्याग र सङ्घर्ष गर्नुभएको अग्रज नेता हुनुहुन्छ ।’’
सांसद प्रमिलाले यादव राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रूपले समाजको अग्रगामी रूपान्तरण र परिवर्तनको सङ्घर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक–पटक भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै आफूपछि हटेको प्रेस विज्ञप्ति जानकारी दिइन् ।









प्रतिक्रिया