४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने



काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। उक्त पार्टीको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

रास्वपाकी सांसद सोबिता गौतमले पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकी बताइन्।
रास्वपा गत पुसमै सरकारमा सहभागी भएको थियो। तर सर्वोच्च अदालतको एक फैसलापछि सो पार्टीका सभापति समेत रहेका रवि लामिछानेले मन्त्री पद गुमाएका थिए। पछि पार्टीका अन्य मन्त्री पनि बाहिरिएका थिए। रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको थियो।

प्रधानमन्त्री प्रचण्डले भने दोस्रोपटक सोमबार विश्वासको मत लिँदै छन्।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।