३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शन: अश्रुग्याँस प्रहार



काठमाडौं, ५ चैत । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरी प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको भए पनि कोही घाइते नभएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी रन्जीतकुमार दाहालले बताए।

विराटनगरमा गरिएको प्रदर्शनमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन्।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ११ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।