३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ग्यास सिलिन्डर बोकेर ट्रक दुर्घटना : चालकसहित तीनजनाको मृत्यु



८ चैत्र । नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपकसिंह बिष्टले जानकारी दिएका छन् ।
घटनास्थल पुगेको अस्थायी प्रहरी चौकी रानिमक्ताका प्रहरी सहायक इन्चार्ज मोहन पुजराको टोलीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बाँकेका २९ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङका दुईजना अन्दाजी १८ वर्षीय विष्णु चौधरी र २७ वर्षीय लछिराम चौधरी छन् ।
तालपोखरी झर्ने बाटोमा ‘ब्रेक फेल’ भइ माथिल्लो सडकबाट करिब एक सय ५० मिटर तलको सडकमा खसेको स्थानीयले बताएका छन् । ओरालो सकिएर मोडमै आइपुग्दा चालकले बे्रक लागेन भनेपछि सहचालक सल्यान कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाईले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ ।
दुर्घटनाको कारण, घटनास्थलको अवस्था, अनुसन्धान र मृतकहरुको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।