२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालको जनसंख्या सार्वजनिक,प्रारम्भिक रिपोर्टभन्दा जनसंख्या घट्यो



काठमाडौं
१० चैत । राष्ट्रिय जनगणना २०७८ को नतिजा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

ज्नगणना लगत्तै सरकारले निकालेको प्रारम्भिक रिपोर्टभन्दा अहिले २७ हजार ९०२ जना कम संख्या देखाइएको छ ।

त्यसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) रहेको छ ।

गत २०६८ सालको जनगणनामा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो ।

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।