विराटनगर, १४ चैत । विराटनगरमा कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा उनीहरुले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् ।
प्रहरीले अगाडि बढ्न नदिएपछि आक्रोशित भएको आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा गरेका हुन् ।
आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । यस्तै स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा पनि प्रहार गरेको छ ।
प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।चैत ५ गते भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा चैत १० गते मृत्यु भएपछि आन्दोलनले उग्र रुप लिँदै गएको छ ।








प्रतिक्रिया