डाँगी प्रनिनिधि सभा सदस्यमा सबैभन्दा कान्छी उमेरमै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएकी थिइन् ।
१७ चैत्र । सांसद, मन्त्री वा उच्च पदस्थ राजनीतिक दलका नेता आसेपासेलाई स्वकीय सचिव बनाएर आफ्नो सचिवालय व्यवस्थित बनाउछन् । धेरैले स्वकीय सचिव बनेर फाइदा पनि लिन्छन्।
तर प्रतिनिधि सभाका सासंद निशा डाँगीले भने स्वकीय सचिव नियुक्त गर्न भ्याकेन्सी नै खुला गरेकी छिन् ।
उनले संसद सचिवालयको लेटरहेडमा आवश्यकत्ता सम्बन्धि सूचना प्रकाशित गरे योग्य व्यक्तिले सम्पर्क गर्न आह्वान गरेकी हुन् ।
उनले समसामकिय विषयमा जानकार, कानूनको विषयमा रुचि भएको,अप्ठ्यारो परिस्थिती अनुसार काम गर्न सक्ने,सूचना प्रविधिबारे जानकार र नेपाली अंग्रेजी दुवै पढ्न र लेख्न सक्ने उम्मेदवारलाई सम्पर्क गर्न आश्वान गरेकी छिन् । उनले महिलालाई प्राथमिकतामा राखिएको समेत उल्येख गरेकी छिन् ।
डाँगी प्रनिनिधि सभा सदस्यमा सबैभन्दा कान्छी उमेरमै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएकी थिइन् । सूचनामा सेवा सुविधा वा तलव के कति हुने भन्ने विषयमा केही पनि खुलाइएको छैन ।








प्रतिक्रिया