१८ चैत्र । भर्खरै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भुकम्प पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प रहेकोे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।
भुकम्पको केन्द्रबिन्दु दोलखाको सुरी रहेकोे छ । केन्द्रका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।
यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।








प्रतिक्रिया