दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी ७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका
१९ चैत्र । खाँडादेवी गाउँपालिका १ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी ७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाँै जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।







प्रतिक्रिया