रौतहट, १९ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी रौतहटबाट पक्राउ परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिँदै गरेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।
परीक्षा अनुगमन टोलीले मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फको सिम्बोल नम्बर ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई पक्राउ गरेको हो । अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागरे टोलीले चेकजाँच गरेको थियो । परीक्षा दिइरहेका साह इन्जिनियर हुन् ।








प्रतिक्रिया