३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ग्यास ट्याङ्कर पल्टिँदा मृत्यु



 

२० चैत्र । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका ४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो ।

ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ ।
अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो । ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।