२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धौलागिरि आधारशिविरमा हेलिकोप्टर दुर्घटना



काठमाडौं, २६ चैत । पोखराबाट धौलागिरि हिमालको आधारशिविरका लागि उडेको हेलि एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ। कल साइन ९एन–एएमबी हेलिकोप्टर आधारशिविरमा अवतरणका क्रममा सन्तुलन बिग्रिएर पछाडिको भाग ठोक्किन पुगेको बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार क्याप्टेन प्रिया अधिकारीले उडाएको हेलिकोप्टर अवतरणका क्रममा असन्तुलित बन्दा पछाडिको भाग जमिनमा ठोक्किएको थियो।
जमिनमा ठोक्किएको पछाडिको भागमा क्षति पुगेको बताइएको छ। हेलिकोप्टर दुर्घटनाको खबरपछि पोखराबाट एयर डाइनास्टीको हेलिकोप्टर धौलागिरि आधारशिविरतर्फ पठाइएको छ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।