आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ
काठमाडौं
२८ चैत । कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा कुन स्थानको संक्रमितको मृत्यु भएको भन्ने बारे मन्त्रालयले खुलाइएको छैन ।
मन्त्रालयको आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।
मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।








प्रतिक्रिया