२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु



काठमाडौं, ५ वैशाख । कोरोना संक्रमणबाट मंगलबार एकै दिन थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मंगलबार १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार २ सय ९१ नमुनामध्ये ९ सय ८० जनाको पीआर परीक्षण गर्दा १ सय ५ र १ हजार ३ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १ सय ७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आइसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत रहेका मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ११ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।