काठमाडौं,६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत थप उपचारका लागि भारत लागिएको हो ।
पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुनेछ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सोमबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो। पौडेलको बायाँ छातीको तल्लो भागबाट असर देखिएको छ ।








प्रतिक्रिया