२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेघगर्जन र चट्याङगसहित वर्षाको सम्भावना



 

९ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।
रातिको समयमा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना छ । भोलि आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफ रहनेछ ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ ।
तराईका थोरै स्थानमा हुरीको सम्भावना छ । आज काठमाडौँको अतिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रह्यो । पछिल्लो २४ घन्टामा धरानमा १६ दशमलव सात, ताप्लेजुङमा १५ र धनकुटामा ११ मिलीमिटर वर्षा मापन गरिएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।