२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त



काठमाडौं, ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् । गिरी विश्वासको मत पाउन असफल भए । प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राखेको प्रस्तावमा आवश्यक मत पाउन सकेनन् । सरकार निरन्तरताका लागि पाउनुपर्ने ४४ मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरेका छन् । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेशसभा सांसदले मात्रै मत दिएका थिए ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेशसभामा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।