४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पर्यटनमन्त्रीले भने, ‘फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ’



‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा

काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।
सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो ।

तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हवाई हजाज उड्नासाथ टिपर पल्टेको जस्तो निरन्तर तीन पल्ट आवाज सुनिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनका अनुसार कोटेश्वरमाथि आकाशमा पुगेलगत्तै हरेक चार पाँच सेकेण्डमा आगोको झिल्का देखिएको थियो ।

हवाई जहाजमा समस्या आएपछि विमानस्थलमा सुरक्षा प्रबन्ध मिलाइएको थियो । दमकल समेत विमानस्थलमा ल्याइएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।