२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले १० जना विद्यार्थीलाई एस.ई.ई. सम्म पढाउने



केधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन्

काठमाडौं
१२ बैशाख । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एस.ई.ई.सम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छिन् । उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन् ।

आज (आइतबार) विद्यालयमा आयोजित एक कार्यक्रममा उनले विद्यालय व्यवस्थापनसँग उक्त सम्झौता गरेकी हुन् ।
शिक्षा क्षेत्रमा योगदान पुर्याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएकोमा खुशी व्यक्त गरेकी छिन् ।
सो अवसरमा एलिजा फाउण्डेशनमार्फतकी संस्थापक संरक्षक गीतादेवी भेटुवालको पनि उपस्थिति थियो । उनले आफ्नो नाममा रहेको एलिजा फाउण्डेशनमार्फत सो छात्रबृत्ती दिने बताइएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।