२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछाने भारी मतान्तरले विजयी



काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट दोस्रो पटक विजयी भएका छन् ।

गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन् । लामिछाने ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत ल्याएर दोस्रो  भए । एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३६  मतसहित तेस्रो बने ।

लामिछाने ४२ हजार ९ सय ६२ मतान्तरसहित विजयी भए । यो मतान्तर मत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो ।  नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।