काठमाडौं, १३ वैशाख । संसदीय सुनुवाइ समितिका लागि राष्ट्रिय सभाले तीन सांसदको नाम मनोनयन गरेको छ।
बुधबारको राष्ट्रियसभा बैठकले संसदीय सुनुवाइ समितिका लागि तीन सांसद रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मालाई मनोनयन गरेको हो।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएपछि त्यसमा सर्वसम्मत रुपमा सहमति जुट्न पुग्यो। शर्मा माओवादी केन्द्र, दाहाल एमाले र रायमाझी कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था गरेको छ।








प्रतिक्रिया